Nepal

तस्वीर कपीराइटBBDMPराष्ट्रिय गौरवको भेरी-बबई बहुउद्देश्यीय आयोजनाको सुरुङ बनाउने कामले गति लिएसँगै जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अघि बढाइएको अधिकारीहरूले बताएका छन्। १२ किलोमिटर सुरुङ बनाउन प्रयोग भइरहेको टनेल बोरिङ मसिन (टीबीएम)ले हालसम्म झण्डै नौ किलोमिटर सुरुङ खनिसकेको बताइएको छ। उक्त आयोजनाबाट बाह्रौ महिना करिब ४७ मेगावाट विद्युत् उत्पादन हुने र ५१ हजार हेक्टर कृषियोग्य क्षेत्रमा सिँचाइ पुर्‍याउने लक्ष्य राखिएको छ।भेरी नदीको पानी बबई नदीमा झारेर त्यसबाट विद्युत् उत्पादन गर्ने र बाँके बर्दियामा सिँचाइ सुविधा पुर्‍याउने गरी निर्माण भइरहेको उक्त आयोजनामा नेपालमै पहिलो पटक टनेल बोरिङ मसिन (टीबीएम) प्रयोग गरिएको छ।आशङ्काजुन मसिनले दुई नदीका बीचमा सुरुङ बनाउने काम गरिरहेको छ। उक्त सुरुङमार्गको जोखिमपूर्ण क्षेत्रमा टिबीएम मसिनले काम गर्न सक्ने हो या होइन भन्ने आशङ्का हटिसकेको आयोजना कार्यालयले जनाएको छ। उक्त मसिनले जोखिमपूर्ण क्षेत्र पार गरेसँग जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अगाडि बढाइएको बताउँछन आयोजना प्रमुख संजीव बराल। 'आयोजनालाई गति दिन मन्त्रालयहरूबीच समन्वय'चीनबाट आयो सुरुङ खन्ने 'अत्याधुनिक' यन्त्र"सुरुङको मुख्य जोखिम क्षेत्र कटेपछि अरू काम शुरु गर्ने भनेका थियौँ। बाँकी कामबारे विस्तृत अध्ययन गरी खरिद स्वीकृतिका लागि विभागमा पेश गरेर हामीले अन्तिम रूप दिन लागेका छौँ। छिट्टै बोलपत्र आह्वान गरिनेछ।"विद्युत् गृह र बाँधका निर्माणका लागि आह्वान गरिने बोलपत्र अन्तर्राष्ट्रियस्तरको हुने बताइएको छ। सुरुङमार्गको काम चिनियाँ कम्पनीले गरिरहेको छ। सुरुङमार्ग पूरा हुन बाँकी झण्डै तीन किलोमिटर क्षेत्र अब सहजै निर्माण हुने आयोजनाका सिनियर डिभिजनल हाइड्रोजियोलिष्ट कृष्णप्रसाद उपाध्यायले बताए। "मसिनले खन्नुपर्ने ३ किलोमिटर जति बाँकी छ। अहिले जुन रफ्तारमा काम भएको छ यही रफ्तारमा काम भयो भने चारदेखि पाँच महिनामा सुरुङको काम सकिने छ।" चुरे क्षेत्रमा टनेल बोरिङ मसिन प्रयोगलाई निकै चुनौतीका रूपमा हेरिएको थियो। तर यसको सफल प्रयोगले नेपालमा अन्य परियोजनाको सुरुङ छिटो खन्न नयाँ प्रविधि प्रयोगको बाटो खोल्ने बताउँछन् आयोजना प्रमुख संजीव बराल। "हिमाली भूगोलमा टीबीएम पनि एउटा निर्माण सामग्री हो भन्ने अवस्थामा पुगेका छौँ। नेपालका अन्य परियोजना बनाउँदा टीबीएम प्रयोग गरेर सुरुङहरू छिट्टो निर्माण गर्न सकिन्छ भन्ने सन्देश यसले दिएको छ।"अहिलेकै गतिमा काम भएमा आर्थिक वर्ष २०८० सम्ममा यो आयोजनाका सबै काम सकिने र त्यसका लागि २० अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। यसबाट झण्डै बर्सेनि ४७ मेगावाट विद्युत् उत्पादन हुनेछ। विद्युत्‌का अतिरिक्त बाँके र बर्दियाका ५१ हजार हेक्टरमा वर्षैभरि हुने सिँचाइले नेपालको कृषि उत्पादनमा महत्त्वपूर्ण टेवा पुर्‍याउने सरकारी भनाइ छ।





Unlimited Portal Access + Monthly Magazine - 12 issues-Publication from Jan 2021


Buy Our Merchandise (Peace Series)

 


Contribute US to Start Broadcasting



It's Voluntary! Take care of your Family, Friends and People around You First and later think about us. Its Fine if you dont wish to contribute and if you wish to contribute then think about the Homeless first and Feed them. We can survive with your wishes too :-). You can Buy our Merchandise too which are of the finest quality.

Debit/Credit/UPI

UPI/Debit/Credit

Paytm


STRIPE





13